Logo
Logo

रवि लामिछाने भारी मतले निर्वाचित हुने प्रक्षेपण


20k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई पराजित गर्दै नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित हुने प्रक्षेपण सार्वजनिक भएको छ ।

चितवन–३ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा रहेका लामिछानेले वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार तथा वर्तमान राज्यमन्त्री उमेश श्रेष्ठ र एमालेका उम्मेदवार कृष्णभक्त पोखरेललाई पराजित गर्ने प्रक्षेपण सार्वजनिक भएको हो ।

अग्रणी अनलाइन सञ्चार माध्यम अनलाइनखबरले एक्जिट पोल सार्वजनिक गर्दै ‘चितवन–२ मा रवि लामिछानेको जित सुनिश्चित’ भनेको छ ।
अनलाइनखबरको मत सर्वेक्षणमा सहभागीमध्ये ६२.७ प्रतिशतले रविलाई मत दिएको बताएको उल्लेख गरेको छ । त्यसैगरी, १५.६ प्रतिशतले एमाले र १०.६ प्रतिशतले कांग्रेसलाई मत दिएको बताएका छन् । ६.१ प्रतिशतले कसलाई मत दिएको भन्न नचाहेको उल्लेख गरेको छ भने ४.२ ले अन्य उम्मेदवार र ०.२ प्रतिशतले राप्रपालाई मत दिएको बताएको अनलाइनखबरले जनाएको छ । 

अनलाइनखबरका अनुसार रविले पाएको मत एमाले, कांग्रेस, राप्रपादेखि माओवादीसम्म सबै दलका मतदाताबाट पाएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्