Logo
Logo

बाजुरामा सुतिरहेकै ठाउँमा अनेरास्ववियुका नेताकाे विभत्स हत्या


8.9k
Shares

काठमाडौं । बाजुराको त्रिवेणी नगरपालिका–७ मा एक नेताको हत्या भएको छ । आइतबार दिउँसाे मतदानका क्रममा भएकाे विवादलाइ लिएर राति घरमा सुतिरहेका अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या गरिएको हो ।

निर्वाचनमा भएको विवादलाई लिएर घरमा आक्रमण गर्दै उनीमाथि कुटपिट भएको थियो । गम्भीर घाइते भएका ऐडीको उपचारका क्रममा बयलपाटा अस्पतालमा मृत्यु भएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

आइतबार मतदानका क्रममा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर २५ वर्षीय कांग्रेसका कार्यकर्ता सुरेन्द्र ऐडीको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्