Logo
Logo

गोरखामा एमालेद्वारा पुनः मतदानको माग


2.1k
Shares

गोरखा । गोरखामा मतगणना सुरू हुन सकेको छैन । नेकपा एमालेले पुनः मतदान हुनुपर्ने भन्दै निर्वाचन आयोगसँग माग गरेको छ ।

गोरखामा दुईटै विर्वाचन क्षेत्रको केही बुथमा निर्वाचनविरोधी कार्य भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने माग गरेको छ ।
आइतबार मतदानको समय सकिएपछि एमालेले मुचुल्का उठाउने बेला हस्ताक्षर गर्नसमेत आनाकानी गर्दै मुचुल्कामा सही गरेको थियो ।

चुनावमा गठबन्धनबाट धाँधली भएको र स्वतन्त्र वातावरण पनि नदिएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङको आरोप छ ।
कांग्रेसका गोरखा १ का उम्मेदवार राजेन्द्र बजगाईंले मतपेटिका उठाउने बेलामा पनि फण्डा भएको बताउँदै प्रचण्ड र आफूले दुवैको क्षेत्रमा निवेदन हालेका बताए ।

जिल्लाको चुम्बु्रनीको मतमेटिका समेत अहिलेसम्म ल्याइएको छैन । मतपेटिका हेलिकप्टरमा ल्याउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्