Logo
Logo

काठमाडौं-१ मा प्रकाशमान सिंहले लिए अग्रता


1.6k
Shares

काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहले अग्रता लिएका छन् । सुरुमा अग्रता बनाएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्र दोस्रो स्थानमा छन् । यहाँ ३१ सय ९६ मत गन्दा नेता सिंहले ८१६ मत ल्याएका छन् ।

यस्तै, यहाँ दोस्रो स्थानमा रहेका राप्रपाका मिश्रले ७३५ मत पाएका छन् भने एमालेका युवा नेता किरण पौडेलले ४९६ मत ल्याएका छन् । यो क्षेत्रमा अघिल्लोपटक मिश्रलाई हराउँदै सिंह विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्