Logo
Logo

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश विजयी


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ ।

मुस्ताङमा केहिबेरअघि सम्पन्न मतगणनाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका छन् । गौचन र तुलाचनको मतान्तर ९ सय १४ रहेको छ । २९ वर्षका गौचन कांग्रेसका कान्छा सांसद बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्