गायिका जीना रसाइँली पेसा र अध्ययनले एकाउन्टेन हुन् । तर, उनी गायनमै ब्यस्त छिन् । आफ्नो माधुर्य स्वरले दर्शक÷श्रोताको मात्र मन जितेकी छैनन्, उनले संगीकारको समेत मन जित्दै आएकी छन् । त्यसैले जीनाले आफ्नो एकाउन्टेन पेसालाई एकातिर पन्छाएर गायनमा प्राथमिकता दिएकी छन् । पाँचथरको रविबाट उच्चशिक्षाका लागि २०६५ सालमा काठमाडौं भित्रिएकी जीना भन्छिन्, ‘त्यो बेला पनि गायनमा रुचि थियो । तर, गायिका बन्छु भन्नेचाहिँ लागेको थिएन ।’ संगीतप्रतिको गहिरो रुचिकै कारण अध्ययन गर्दागर्दै संगीतको समेत प्रशिक्षण लिन भ्याएकी जीनाले हालसम्म चार दर्जनभन्दा बढी गीत गाइसकेकी छन्, जसमा आधुनिकदेखि फिल्मी गीतसम्म छन् । नेपाली फिल्म ‘नाइँ नभन्नु–२’को ‘यो मनमा तिमी छौं’जस्ता चर्चित गीत दिएकी जीनाले पछिल्लो समय नेपाली फिल्म ‘साइनो’मा स्वर दिएकी छन् । जुन गीत हाल चर्चामा छ । यिनै माधुर्य स्वरकी धनी गायिका जीना रसाइँलीसँग एमपी सुब्बाको जम्काभेट :
तपाइँको पुर्खौली घर कहाँ प¥यो ?
पाँचथरको रवि बजारमै पर्छ । पुर्खौली पनि त्यहीँ हो र अहिले पनि त्यही नै हो । अहिलेसम्म अन्य ठाउँमा घर बनाएकी छैन ।
गीत गाउनकै लागि काठमाडौं आउनुभएको हो ?
होइन, अध्ययनका लागि आएकी हुँ । तर, गायनप्रति मेरो गहिरो रुचि थियो । त्यसैले अध्ययनसँगै संगीतको प्रशिक्षण लिएकी हुँ । म सानैदेखि गीत गाउन रुचाउँथे ।
थुप्रै गीत गाइसक्नुभयो । कति भयो यो क्षेत्रमा लागेको ?
पाँचथरदेखि अध्ययनका लागि आएको चाहिँ २०६५ सालमा हो । तर, यहाँ आउनेवित्तिकै गायनलाई अँगालिनँ । गाउन थालेको ७/८ वर्ष भयो । ६ वर्षसम्म त संगीत सिकेँ । अध्ययनले म एकाउन्टेन हुँ । केही वर्ष एक संस्थामा एकाउन्टेनको जागीर पनि खाएँ । तर, अहिलेचाहिँ जागीर छाडेकी छु ।
एकाउन्टेनको जागीर किन छाड्नुभयो ?
अध्ययनले एकाउन्टेन भएपनि संगीतमा मेरो गहिरो रुचि थियो । विस्तारै गायनमै व्यस्त हुन थालेपछि जागीरलाई समय दिन नभ्याएपछि छाडेकी हुँ ।
अहिलेसम्म कति गीत गाउनुभयो ?
४०÷५० वटा भयो होला । त्यसमा फिल्ममा गीत पनि पर्छ । म जस्तोसुकै गीत गाउँदिनँ । सुन्छु, यहाँ अरु गायक÷गायिकाले एक दिनमै ४-५ वटा गीत रेकर्ड गर्छन् रे । तर, म त्यस्तो गदिनँ । बरु थोरै गाउने, राम्रो होस् भन्ने चाहन्छु ।
गीतमा चुँजी बन्न खोज्नुभएको हो ?
त्यो पनि हो । अलि–अलि चुँजी पनि हुनुपर्छ । अर्को कुरा गीतको शब्द राम्रो हुनुप¥यो । आफ्नो स्वर म्याच हुनुप¥यो । यी सबै हेरेरमात्र म गाउँछु ।
अहिलेसम्म गाउनुभएको सबै गीत आफू सुहाउँदा थिए ?
प्रायः छन् । तर, कहिलेकहीँ आफ्नो गीत सुन्दा लाग्छ, अझै योभन्दा राम्रो पनि गर्न सक्छु होला । कतिपय आफैले गरेको काम पनि चित्त बुझ्दैन । मलाई अहिले त्यस्तै भएको छ ।
आफ्नो एल्बम ल्याउनुभएको छ कि छैन ?
छैन । अरुको गीत गाउनमै व्यस्त छु । फिल्म र कलेक्शन एल्बमहरुमै व्यस्त भएकाले आफ्नो एल्बम गर्न पाएकी छैन । तर, अब चाँडै ल्याउँछु होला ।
यहाँसम्म आउँदा यो क्षेत्रबाट के सिक्नुभयो ?
सबैभन्दा ठूलो कुरा भनेको मिहिनेत गर्नुपर्दोरहेछ भन्ने सिकेँ । यहाँ पैसा खर्च गरेर चर्चामा आउने, भाइरल हुनेहरु धेरै छन् । तर, पैसा खर्चेर भाइरल बनेको लामो समय टिक्दैन । यो क्षेत्रमा मिहिनत नै चाहिन्छ । मिहिनेतको फल मिठो र टिकाउ हुन्छ ।
यो वर्षको तीज कसरी मनाउनुभयो ?
आफन्त, साथीसंगीसँग भेटघाट र रमाइलो गरेर मनाएँ । काठमाडौं भ्यालीमै भएका केही तीजका कार्यक्रममा सहभागी भएँ । केही वर्षयता मेरो तीज यस्तै चल्दै आएको छ ।
‘वर’ माग्न व्रत बस्नुभएन ?
सानोमा व्रत बसियो । तर, अहिले विश्वास नै लाग्दैन । व्रत बसेर शिवजी भगवानजस्तो वर ‘पति’ पाइने पनि होइन ।
अहिलेसम्म वर पाउनुभएको छैन ?
छैन । अहिलेसम्म सिंगल छु । मेरो लागि वर कतै जन्मिएका होला । तर, जुरेको छैन ।
यो उमेरमा प्रेम प्रस्ताव त आउला नि ?
प्रस्ताव आइरहेको हुन्छ । तर, प्रस्तावको रिप्लाइ गर्दिनँ । सम्मान दिएर बोल्नेलाई सम्मान गर्छु । साथी बनौँ भन्यो भने साथीचाहिँ बन्छु ।
घरजम गर्ने बेला पनि भयो होइन र ?
भयो । तर, भयो भनेरमात्र हुँदैन । मेन्टली तयारी हुनुपर्छ । मैले पनि घरजम गर्नुपर्छ । तर, केही वर्ष आफ्ना सपनाहरुलाई पूरा गर्ने प्रयास गर्नेछु । त्यसपछि घरजम गरौँला ।