Logo
Logo

स्वयम्भुमा छुरा हानेर युवकको हत्या


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ, १७ भदौ ।
काठमाडौको स्वयम्भूका एक युवकको हत्या भएको छ। नागार्जुन नगरपालिका ५ बस्ने वर्ष २५को आकाश बस्नेतलाई छातीमा छुरी प्रहार गरी हत्या गरिएको हो।

महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी लालध्वज सुवेदीका अनुसार अनुसन्धान लागि ३ जना पक्राउ परेका र उनीहरुबारे अनुसन्धान जारी रहेको छ। बस्नेतको बायाँ छातीमा छुरा प्रहार गरिएको छ। हिजो राति बस्नेत र उनका केही साथीहरुबीच विवाद हुँदा उनको हत्या भएको आशंका गरिएको छ।

त्यस्तै कलंकीको नारायणी रेष्टुरेण्टमा खाजा खान गएका ६ जना व्यक्तिले त्यहाँ काम गर्ने कामदारलाई बाँधेर रेष्टुरेण्टको छतबाट खसालीदिदा उनी गम्भीर घाइते भएका छन्। उनको ग्राण्डी अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्