Logo
Logo

आयोगले खरिद गरेको सेनिटाइजरमा भ्रष्टाचार


945
Shares

काठमाडौं । गरिब देशमा महंगो चुनाव सम्पन्न भएको छ । करिब ४० अर्ब रुपैयाँ खर्च गरेर प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन सम्पन्न गरिएको हो ।

निर्वाचनमा बजेटमा करिब २५ प्रतिशत भने हिनामिना भएको स्रोत बताउँछ । निर्वाचन आयोग, सुरक्षा निकाय, गृह मन्त्रालय मातहतमा ठूलो बजेट खर्च भएको छ । निर्वाचन फर्जी बिल बनाएर तथा ठेक्कामा सेटिङ गरेर कमिसनको चलखेल भएको छ ।

निर्वाचन आयोगले खरिद गरेको सेनिटाइजरबाटै यसको पुष्टि भएको छ । आयोगले कमिसनको चक्करमा गुणस्तरहीन सेनिटाइजर खरिद प्रयोग गरेको छ । तीन करोड ४५ लाख रुपैयाँमा मेडिप्वाइन्ट इन्टरनेशनल नामक कम्पनीसँग खरिद स्यानिटाइजरमा विशाक्त भेटिएपछि यसलाई फिर्ता गरिएको छ ।

देशभरिका निर्वाचन कार्यालयमा लगेर प्रयोग गर्न थालिसकेपछि फिर्ता गरिएको हो । अत्यधिक मिथानोल प्रयोग भएको यस्तो सेनिटाइजर परीक्षणको क्रममा निकै हानिकारक रहेको खुलेपछि आयोगले हतार–हतार फिर्ता गरेको थियो । तर पनि सेनिटाइजर बेच्ने कम्पनीमाथि भने कुनै कारबाही भएको छैन । जबकि स्वास्थ्यमाथि नै खेलवाड गर्ने कम्पनीलाई कडा कारबाही हुनुपर्ने हो ।

अर्काेतर्फ सेनिटाइजरका लागि आयोगले आफैं खरिद गरेर ढुवानी गर्नुभन्दा जिल्ला–जिल्लामा बजेट पठाउन सक्थ्यो । तर, कमिसनका लागि आयोगको केन्द्रीय कार्यालयले आफैं खरिद गरेको स्रोतले बताएको छ । खरिदमा सेटिङ हुँदा यस्तो लापरबाही भएको हो ।

आयोगबाट मतपेटिकादेखि अनेक टेन्डरमा चलखेल भएको छ । मतदाता शिक्षामा आयोगले करोडौं खर्च गरेको छ तर इतिहासमै कम मात्र मत खसेको छ । आयोगले विभिन्न व्यक्तिलाई सोर्सफोर्सका आधारमा मतदाता शिक्षाको कामको ठेक्का दिँदा एकातर्फ बजेट दुरुपयोग भएको छ भने अर्काेतर्फ मतदाता शिक्षासमेत कमजोर हुनपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्