Logo
Logo

विनोद चौधरीलाई पछि पार्दै घण्टीकाे अग्रता


15.4k
Shares

नवलपरासी । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरीले पछि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र पार्टीका ठकुरीले ३ हजार ९५८ मत ल्याउँदा कांग्रेसका चौधरीले ३ हजार ८६९ मत पाएका छन् । व्यवशायी चौधरीलपहिलो पटक प्रत्यक्ष निर्वाचन लडेका हुन् यस अघि उनी समानुपातिकबाट सासद बनेका थिए ।

त्यसैगरी जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले २ हजार ९१२ मत पाएका छन् । आइतबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणा देशका अधिकांस स्थानमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्