जलेश्वर । महोत्ततरीको क्षेत्र नं ३ मा स्वतन्त्र उम्मेदवार रामआधार कापरले अग्रता लिएका छन् ।
मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनका अनुसार आयतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा अहिलेसम्मको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार कापरले एक हजार ५०८ मत प्राप्त गरेर अग्र स्थानमा छन् ।
तीन हजार १० मतको गणनामा स्वतन्त्र उम्मेदवार कापरले एक हजार ५०८ मत प्राप्त गरेका हुन् । गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आठ सय ४४ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवार हरिनारायण यादवले पाँच सय २२ मत गरेका छन् ।
त्यसैगरी ३(१) मा जसपाका दीपेन्द्र झा एक हजार एक सय १५० मत प्राप्त गर्दै अग्रस्थानमा रहेका छन् भने एक हजार ६७ मत प्राप्त गर्दै लोसपाका अभिराम शर्मा दोस्रो स्थानमा रहेका छन् ।
त्यसैगरी ३(२) मा स्वतन्त्र उम्मेदवार उज्ज्वल झाले एक हजार दुई मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने नेकपा९एमाले०का रामदयाल मण्डलले सात सय ५१ मत प्राप्त गर्दै दोस्रो र लोसपाकी रानी शर्माले पाँच सय ५६ मत प्राप्त गरेर तेस्रो स्थानमा रहेका छन् ।