Logo
Logo

प्रतिनिधिसभामा एमालेको दोस्रो जित, काठमाडौं ९ मा श्रेष्ठ विजयी


15.4k
Shares

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ ।

ललितपुर निर्वाचन क्षेत्र १ बाट विजयी सुरुवात गरेको एमालेले काठमाडौं ९ बाट दोस्रो जित निकालेको हो । त्यहाँ एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ११ हजार ९५६७ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोखरेलले १० हजार ९६१ र सत्ता गठबन्धनकी उम्मेदवार कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गरेकी छिन् ।

०७४ को निर्वाचनमा पनि श्रेष्ठ यही क्षेत्रबाट निर्वाचित भएका थिए । निवर्तमान सांसद समेत रहेका श्रेष्ठ केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शिक्षामन्त्री समेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्