Logo
Logo

कास्की-३ मा एमालेका बैरागीको अग्रता


126
Shares

पोखरा । कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका दामोदर पौडेल (बैरागी)ले अग्रता कायम गरेका छन् । सुरुआतदेखि अग्रता बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेललाई उछिन्दै उनले चार हजार आठ सय ५१ मत प्राप्त गरेका हुन् ।

योगराजले चार हजार चार सय सात मतसहित पछ्याइरहँदा नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बरालले तीन हजार दुई सय सात मत प्राप्त गरेका छन् । प्रतिनिधिसभातर्फ सो क्षेत्रमा हालसम्म पोखरा महानगरपालिका–१, २, ३, १८ र १९ को गणना सकिएको छ ।

कूल एक लाख एक हजार सात सय १५ मतदाता रहेकामा ६१ हजार ६ सय १४ मत खसेको थियो । कास्की–३ मा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १५ उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिनिधिसभाको तीन र प्रदेशसभाको छ निर्वाचन क्षेत्र रहेको कास्कीमा पुरुष एक लाख ३९ हजार ४२, महिला एक लाख ५३ हजार पाँच सय २२ र अन्य चार गरी कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा एक लाख ७९ हजार नौ सय ६६ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्