Logo
Logo

गोरखा १ को मतगणना सुरु


882
Shares

गोरखा । गोरखा क्षेत्र नं १ मा प्रतिनिधिसभा तथा प्रदेशसभातर्फको निर्वाचनको मतगणना सुरु भएको छ । मतदान सम्पन्न भएको दुई दिनपछि मतगणना सुरु भएको हो । क्षेत्र नं १ मा सर्वदलीय सहमति गरी बिहान करिब ११ः१५ बजेदेखि मतगणना गर्न थालिएको सहायक निर्वाचन अधिकृत गोर्कणराज पन्तले जानकारी दिए ।

विकट चुमनुब्री गाउँपालिकाबाट सोमबार सबै मतदान केन्द्रबाट हेलिकप्टरमार्फत मतपेटिका ल्याइएको थियो । नेपाली सेनाको हेलिकप्टर मतपेटिका ल्याएको हो । क्षेत्र नं १ मा चुमनुब्री गाउँपालिकाका विभिन्न मतदान केन्द्रका ६ वटा मतपेटिका मिसाएर गणना सुरु गरिएको हो ।

यो क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र बजगाइँ चुनावी मैदान रहेको भने नेकपा (एमाले)बाट गण्डकी प्रदेशमा पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रामशरण बस्नेत मुख्य प्रतिस्पर्धामा रहेका छन् । गोरखा क्षेत्र नं १ मा ५९ हजार ८९ मत खसेको छ । क्षेत्र नं १ मा एक लाख १५ हजार तीन सय ९७ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्