Logo
Logo

घण्टीका कारण पुराना दलका उम्मेदवार चकित


2.1k
Shares

काठमाडौं । भर्खरै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीको आक्रामक उपस्थितिका कारण पूराना र ठूला दलका स्थापित नेता पराजित हुने भएका छन् ।

देशभरका मतदाताले प्रत्यक्ष तथा समानुपातिकतर्फ घण्टी चिन्हमा मतदान गरेको मतगणनाको मध्य रूझानले देखाएको छ । यसै अनुपातमा रास्वपाले मत पाउने हो भने आगामी प्रतिनिधिसभामा बलियो उपस्थिति जनाउने देखिन्छ ।

संघीय राजनाधानीमा रास्वपाको उपस्थिति अन्य क्षेत्रको तुलनामा बलियो देखिएको छ । अघिकांश निर्वाचन क्षेत्रमा रास्वपाले अग्रता लिएको छ ।

अहिलेसम्मको गणनाअनुसार काठमाडौं–६ मा शिशिर खनाल, सुनसरी–२ मा लाल बिक्रम थापा, चितवन–१ मा हरि ढकाल, काठमाडौं–७ मा गणेश पराजुली ठूला दलका उम्मेदवारलाई पछि पार्दै अघि बढेका छन् ।

त्यसैगरी, सुनसरी–३ मा कमलबाबु मैनाली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, झापा–४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही–२ मा गणेश पौडेल अगाडि छन् ।

त्यस्तै, कास्की–२ मा माधवप्रसाद कँडेल, चितवन–२ मा रवि लामिछाने, काटमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसीमा कार्की अगाडि छन् ।

भर्खरै स्थापना भएको दलले अनपेक्षित मत पाएपछि पुराना दलका स्थापित नेता चकित मात्र छैनन् हैरान पनि छन् ।

प्रतिक्रिया दिनुहोस्