Logo
Logo

भीम रावलको क्षेत्रमा एमाले ४ हजार मतले पछाडि, एकीकृत समाजवादी विजय नजिक


19.3k
Shares

काठमाडौं । एमालेले टिकट खोसेका नेता भीम रावलको निर्वाचन क्षेत्र अछाम–१ मा झण्डै दोब्बर मतले एमाले पछि परेको छ । 

यस क्षेत्रमा एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीले झण्डै दोब्बर मतले अग्रता लिएको छ ।

एमालेले भीम रावललाई पाखा लगाएर झपटबहादुर बोहरालाई टिकट दिएको थियो । पछिल्लो गणनाअनुसार बोहराले ६ हजार २६४ मत पाएका छन् । 

तर, एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरले भने झण्डै दोब्बर अर्थात १० हजार २९० मत पाएका छन् । कुँवर र बोहराबीच ४ हजार २६ मतान्तर रहेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावलको टिकट खोसेका कारण एमाले अछामका धेरै नेता कार्यकर्ताले एमाले परित्याग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्