Logo
Logo

चितवनका तीनवटै क्षेत्रमा प्रमुख दल पछाडि, दुई ठाउँमा घण्टीको अग्रता


945
Shares

चितवन । चितवनको तीनवटै निर्वाचन क्षेत्रमा प्रमुख राजनीतिक दलाहरू पछि परेका छन् । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएसँगै जिल्लाका सबै निर्वाचन क्षेत्रमा प्रमुख दलहरू पछाडि परेको हो । 


हालसम्म सत्तारूढ गठबन्धनका उम्मेदवार चितवनका सबै निर्वचन क्षेत्रमा तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार दुई क्षेत्रमा अगाडि र एक क्षेत्रमा दोस्रो स्थानमा छन् । 

चितवन–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल ६ हजार ३६७ मतका साथ अगाडि छन् । त्यहाँ एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेको पाँच हजार ३९९ र सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका विश्वनाथ पौडेलको पाँच हजार २९५ मत छ ।

चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछानेले चार हजार सात मतले अग्रता लिँदा एमालेका कृष्णभक्त पोखरेलले तीन हजार ८७९ मत ल्याएका छन् । 

सत्तारूढ गठबन्धनबाट कांग्रेसका उम्मेद्वार रहेका उमेश श्रेष्ठको तीन हजार ४१० मत आएको छ । चितवन-२ मा कालिका नगरपालिकाको मत गणना सुरु भएपछि रवि लामिछाने फराकिलो मतान्तरतर्फ अग्रसर भएका छन् ।

चितवन-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डे चार हजार ७७० मत ल्याएर अगाडि छन् । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल छन् । उनको तीन हजार ९७७ मत आएको छ । 

सत्तारूढ गठबन्धनबाट उम्मेद्वार रहेका माओवादी केन्द्रका ड. भोजराज अधिकारीको तीन हजार ८२५ मत छ । एमालेले समर्थन गरेको स्वतन्त्र उम्मेद्वार दिनेश कोइरालाको तीन हजार १७३ मत छ । 

प्रतिक्रिया दिनुहोस्