Logo
Logo

उत्तरी नाकाबाट तस्करी


1.4k
Shares

काठमाडौं । चुनावको मौका छोपेर उत्तरी नाकाबाट ठूलो मात्रामा तस्करी भएको खुलेको छ । यसमा कर्मचारी र प्रहरीकै मिलेमतो रहेको आशंका गरिए पनि छानबिन भएको छैन । जसले गृह मन्त्रालयकै संरक्षण रहेको हुनसक्ने शंका गरिएको छ ।

गत ३० कात्तिकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले तस्करीकोे झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध रक्सी र चुरोट बरामद गरेपछि यस्तो धन्दाको पर्दाफास भएको हो ।

भन्सार छली सीमा इलाकाको अस्थायी ड्राइपोट रसुवामा राखिएको अवस्थामा कात्तिक ३० गते बिहीबार बिओपी टोलीले सो सामान बरामद गरेको थियो । सुरक्षा निकायले तस्करहरुलाई नियोजितरुपमा भगाएर सो सामान बरामद गराएको समेत आशंका गरिएको छ ।

यो घटनाले रसुवाका सिडिओ नवराज पाण्डे तथा डिएसपी कुलदीप चन्दमाथि समेत प्रश्न उठेको छ । कसैले त्यत्तिकै अवैध सामान खुला ठाउँमा राख्नु आफैँमा शंकास्पद बनेको हो । यो विषयमा छानबिन हुनसकेको छैन ।

यस्तै तस्करीका कारण रसुवा सिडिओ र डिएसपीको लागि आकर्षक पोष्टिङ बनेको छ । वैध सामानमात्र होइन, यो नाकाबाट प्रहरी मिलेमतोमै सुनसमेत तस्करी हुने गरेको छ । रसुवा हुँदा सुन तस्करीमा सघाएको पैसाले नेपाल प्रहरीका एक डिएसपीले ललितपुरको झम्सीखेलमा भव्य महल बनाए पनि यो कुरा पुष्टि भएको छ । रसुवा नाकाबाट हुने अवैध तस्करीमा राजनीतिक नेतृत्वसमेत जोडिने गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्