Logo
Logo

योगेश भट्टराईलालाई पछि पार्दै माओवादीका परागले लिए अग्रता


9k
Shares

काठमाडौं । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवारलाई पछि पार्दै नेकपा माओवादी केन्द्रका उम्मेदवार अघि बढेका छन् ।

प्रतिस्पर्धामा रहेका माओवादीका उम्मेदवार खेलप्रसाद बुढाथोकी ‘पराग’ले पछिल्लो गणनाअनुसार १७८० मत पाएका छन् भने एमालेका उम्मेदवार योगेशकुमार भट्टराईले १२७० मत पाएका छन् ।

नेकपा एमालेका सचिव तथा पूर्वमन्त्रीसमेत रहेका भट्टराई एमाले–जसपा गठबन्धनका उम्मेदवार हुन भने बुढाथोकी वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्