Logo
Logo

प्रचण्डले लिए ‘प्रचण्ड मत’को अग्रता, प्रतिस्पर्धामै छैन एमाले


32.6k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चार गुणाभन्दा धेरै मतको अग्रता लिएका छन् ।

पछिल्लो गणनाअनुसार प्रचण्डले ९ हजार ५२७ मत पाएका छन् । मुख्य प्रतिस्पर्धी मानिएको नेकपा एमालेका उम्मेदवार अब्दुर मियाँ भने स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा पनि पछि छन् ।

अहिलेसम्म मियाँले २१४५ मत पाएका छन् भने मियाँभदा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले २९७० मत पाएका छन् ।

प्रचण्डले पाएको मतभन्दा एमालेका मियाँले पाएको मत ७ हजार ३८२ कम हो भने प्रचण्डले पाएको मतभन्दा बुर्लाकोटीले पाएको मत ६ हजार ५५७ कम हो ।

प्रतिक्रिया दिनुहोस्