काठमाडौं । काठमाडौं–५ नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै नेपाली कांग्रेसका युवा नेता प्रदीपौडेल विजयी भएका छन् ।
यस क्षेत्रमा अन्य स्वतन्त्र उम्मेदवार प्रनि प्रतिस्पर्धामा थिए । त्यसमध्येका एक हुन्, सामाजिक सञ्जालमा आक्रामक प्रचार गर्ने श्रीराम गुरुङ ।
क्यामेर चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा मैदान उत्रेका गुरुङ सामाजिक सञ्जालमा मात्र नभएर स्थापित मिडियाहरुमा समेत छाएका थिए । त्यति मात्र होइन, श्रीराम पछिल्लो ३० दिनमा नेपालबाट सबैभन्दा धेरै फेसबुक बुस्ट गर्नेमा पर्छन् ।
श्रीरामले पछिल्लो एक महिनामा मात्र ५ हजार ९ सय ६८ अमेरिकी डलर अर्थात ७ लाख ७९ हजार ७ सय ९९ रुपैयाँको निर्वाचन सामग्री बुष्ट गरेका थिए । तर, उनले भोट भने २१५६ मात्र पाए ।