Logo
Logo

गगनले घण्टीसँग मिलेर गठबन्धनलाई हराए : दिपशिखा


7.8k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा (दीपशिखा)ले गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर गठबन्धन दललाई हराएको आरोप लगाएका छन् ।

देशभर भइरहेको मतगणनाबाट माओवादीले एक सिटमा पनि जित निकाल्न नसकिरहेका बेला नेता सापकोटाले सामाजिक सञ्जालमार्फत सो आरोप लगाएका हुन् । उनले जनताले दिएको मतको कदर गर्ने समेत बताएका छन् ।

उनले भनेका छन्, ‘नेपाली कांग्रेसका नेता मित्र गगन थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईंको पुस्तक विमोचनमा भनेका थिए,म कालो कांग्रेस हुँ, हो रहेछ, तपाईं र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीहरूलाई मज्जाले हराउनुभयो,तपाईंलाई आगामी यात्राको शुभकामना, हामी जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्छौं, तर यति कुरा दर्ज गरिराख्न पर्ने भएर लेखियो ।’

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर उत्साहजनक मत ल्याएको छ । उक्त पार्टीबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ४ जना निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्