Logo
Logo

‘प्रचण्ड मत’ले अगाडि प्रचण्ड, ११ हजार मतले एमाले पछाडि


5.9k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा–२ बाट प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झण्डै ११ हजार मतको अग्रता लिएका छन् ।

पछिल्लो मत गणनाअनुसार प्रचण्डले १५ हजार ९५८ मत पाएका छन् । यो मत मुख्य प्रतिस्र्धीले पाएको भन्दा १० हजार ९२९ धेरै हो ।

प्रचण्डसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले पाँच हजार २९ मत प्राप्त गरेका छन् ।

प्रमुख प्रतिस्पर्धी मानिएका नेकपा एमालेका उम्मेदवार अब्दुस मियाँ भने तेस्रो स्थानमा छन् । उनले हालसम्म ४ हजार १३२ मत मात्रै पाएका छन् ।

प्रचण्डले बुर्लाकोटीभन्दा १० हजार २२९ र मियाँभन्दा ११ हजार ८२६ धेरै मत बढी पाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्