Logo
Logo

एक पटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी सकिँदैन : ओनसरी घर्ती


13.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले एकपटकको पराजयले देश र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त नहुने बताएकी छन् ।

काठमाडौं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित भएपछि पूर्वसभामुख घर्तीले सामाजिक सञ्जालमार्फत आफ्नो हारलाई स्वभाविक रूपमा लिएको बताएकी छन् ।

विजयी गौतमलाई बधाई र शुभकामना दिँदै उनले लेखेकी छन्, ‘निर्वाचनमा जितहार स्वाभाविक प्रक्रिया हो, यसलाई मैले स्वाभाविक रुपमा लिएकी छु । आवधिक निर्वाचनमा एकपटको पराजयले मुलुक र जनताप्रतिको जिम्मेवारी र भूमिका समाप्त हककुदैन र हुन पनि सक्दैन । आजको राजनीतिक र सामाजिक परिवर्तन ल्याउन तथा सभामुख र अन्य राजकीय जिम्मेवारीमा रहेर मुलुकका लागि मैले विगतमा निर्वाह गरेको भूमिकाको इतिहासमा सदैव लिपिबद्ध भई नै रहने छ । आगामी दिनमा पनि मेरो भूमिकामा कुनै कमी आउने छैन ।’

उनले काठमाडौं २ आफ्नो कर्मथलो भइसकेको बताउँदै पाँच वर्ष त्यहीँको विकास र जनताको जीवनस्तर उकास्न लागिपर्ने बताएकी छन् ।

‘निर्वाचनका दौरान आफ्नो अमूल्य मत प्रदान गर्नुहुने तमाम आदरणीय मतदाताप्रति धन्यवाद ज्ञापन गर्दछु । मैले मत माग्ने क्रममा पटकपटक भनेकी थिएं कि काठमाण्डौं क्षेत्र नम्बर २ मेरो कर्मथलो भइसक्यो । आजको दिनमा उक्त प्रतिबद्धता पुनः एकपटक दोहोर्याउन चाहन्छु । यस क्षेत्रका मतदाताका हरेक सुखरदुःखमा म सधैं सककगै हुनेछु,’ उनले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस्