Logo
Logo

भीम रावलको टिकट खोसिएका कारण अछाम-१ मा ‘क्लिन स्वीप’ हुँदै एमाले


20.5k
Shares

एमालेका उम्मेदवारहरु क्रमस देबहादुर कुँवर, झपटबहादुुर बोहरा र कृष्णप्रसाद जैशी

काठमाडौं । सुदूरपश्चिममा आफ्नो आधार क्षेत्र मानेको अछामा–१ मा एमाले ‘क्लिन स्वीप’ हुने भएको छ ।

एमालेबाट विद्रोह गरेर बनेको नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरले एमालेका उम्मेदवार झपटबहादुुर बोहरालाई अछाम–१ पराजित गरिसकेका छन् ।

त्यसैगरी, अछाम–१ का दुबै प्रदेशसभा पनि एमालेले गुमाउने पक्का भएको छ । एक क्षेत्रमा नेपाली कांग्रेस र अर्को क्षेत्रमा माओवादी विजयी हुने निश्चित भएको छ ।

पछिल्लो गणना अनुसार अछाम–१ (१)मा एमालेका प्रदेशसभा सदस्याका उम्मेदवार देबहादुर कुँवरलाई झण्डै दोब्बर मतले पछि पार्दै कांग्रेसका उम्मेदवार मेघराज खड्का जित नजिक पुगेका छन् । खड्काले ३३३४ मत पाएका छन भने कुँवरले १७३४ पाएका छन् ।

त्यसैगरी, अछाम–१ (२)मा एमालेका उम्मेदवार कृष्णप्रसाद जैशीलाई पराकिलो मतले पछि पार्दै माओवादीका झपटबहादुर साउदले अग्रता लिएका छन् । साउदले २४३८ मत पाउँदा जैशीले १६११ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्