Logo
Logo

उपेन्द्र यादवलाई १९ हजार मतअन्तरले पराजित गर्दै सीके राउत विजयी


2.5k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) सप्तारी–२ बाट प्रतिनिधिसभा सदस्या निर्वाचित भएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवलाई राउतले १८ हजार ६३ मतअन्तरले पराजित गरेका हुन् । अन्तिम परिणामअनुसार सीकेले ३५ हजार ४२ मत पाएका छन् भने पराजित भएका उपेन्द्रले भने १६ हजार ९७९ मात्र पाएका हुन् ।

उपेन्द्र अघिल्लो निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । तर, यसपटक भने एमालेको साथ लिएर मैदान उत्रदा पनि उपेन्द्रले जित्न सकेनन् । सीकेको भने यो पहिलो संसदीय यात्रा हो ।

पुष ५ को ओली प्रतिगमनपछि प्रतिगमन विरुद्धको मोर्चामा रहँदै आएको उपेन्द्र निर्वाचनको आखिरी घडिमा एमालेसँग तालमेल गर्न पुगेका थिए । तर, एमालेसँगको तालमेल उपेन्द्रका लागि जितमा रुपान्तरण हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्