Logo
Logo

घनश्याम भुसाल १५ सय मतान्तरले पछाडि परे


18.3k
Shares

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र नं १ मा स्वतनत्र उम्मेदवार रहेका घनश्याम भुसाल १५ सय मतान्तरले पछाडि परेका छन् ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको जारी मतगणनामा अहिलेसम्म्म ३३ हजार ८०५ मत गनिएको छ ।

त्यसमध्ये नेकपा एमालेका उमेदवार छविलाल विश्वकर्मा आठ हजार ४०२ मत प्राप्त अग्रस्थानमा रहेका छने भने स्वतन्त्र उमेदवार भुसालले ६ हजार ८५३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर एक हजार ५४९ छ ।

यस्तै, अर्का नागरिक उन्मुक्ति पार्टीका उमेदवार धनीराम चौधरीले पाँच हजार ४०७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेशबहादुर पछाई क्षेत्री चार हजार पाँच मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्