Logo
Logo

रौतहटमा आगलागी हुँदा तीन बालबालिकाको मृत्यु


1.3k
Shares

रौतहट । रौतहटको गौरमा बुधबार राति आगलागी हुँदा एकै परिवारका तीन जना बालबालिकाको ज्यान गएको छ ।
गौर नगरपालिका–१ स्थित माइस्थान चोकमा रहेको इस्लाम सिरक डसना पसलमा विद्युत सर्ट भएर आगलागी हुँदा घरमा सुतिरहेका तीन जना बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, अन्य तीन जना घाइते भएका छन् ।

आगलागीमा परी पसल सञ्चालक मोहम्द इस्लामका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षका छोरा इमरान मंसुरी र ५ वर्षीया छोरी सविना खातुनको मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ । घाइते हुनेमा २५ वर्षीय मोहम्द इस्लमाइल, २४ वर्षीया नसिमा खातुन र ८ वर्षीय बालक इमरान छन् ।

प्रहरीका अनुसार मध्यरातमा कपास गोदाममा विद्युत सर्ट भएपछि आगलागी सुरु भएको थियो । सिरक डसना बनाएर बिक्री गर्ने सो पसलको गोदाममा रहेका कपासमा आगो सल्किए पछि नजिकै रहेको मोटरसाइकल ग्यारेजमा समेत आगो फैलिएको बताइएको छ ।

आगलागीको समयमा सो घरमा १६ जना रहेका थिए । आगलागी भएको सूचना पाए लगतै गौर नगरपालिकाका मेयर शम्भु साह घटनास्थल पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्