Logo
Logo

रुपन्देहीमा विष्णु पौडेललाई पछ्याउँदै घण्टी


8.6k
Shares

काठमाडौं । रुपन्देही निर्वाचन क्षेत्र-२ को प्रतिनिधिसभातर्फ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अग्रता कायमै राखेका छन् ।

हालसम्म ४३ हजार २५६ मत गणना हुँदा एमालेका पौडेल १४ हजार ५९० मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १३ हजार ७२७ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सुर्यवंशीले मतान्तर घटाउँदै ११ हजार ५०४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा कुल ८१ हजार २०२ मत खसेको थियो । एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्