Logo
Logo

सूर्य चिन्हबाट चुनाव लडेका कमल थापाले हार स्वीकारे


5.5k
Shares

काठमाडौं । मकवानपुर निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतगणना नसकिँदै हार स्वीकार गरेका छन् ।

नेकपा एमालेको चुनाव चिन्ह लिएर मैदानमा आएका थापाले अन्तिम मत परिणाम सार्वजनिक हुनु अघि नै सामाजिक सञ्जालमार्फत आफ्नो पराजयलाई स्वीकार गरेका हुन् ।

उनले लेखेका छन्, ‘पराजयलाई सहर्ष स्वीकार गर्दछु । हामीलाई मत दिनुहुने सबैमा आभार ।’ उनले सूर्य चिन्ह लिएर चुनाव लड्ने अवसर दिएकोमा नेकपा एमालेलाई धन्यवाद पनि दिएका छन् ।

उनले लेखेका छन्, ‘चुनावमा रातदिन नभनी इमानदारपूर्वक खट्ने एमालेका सम्पूर्ण कमरेडहरु, राप्रपा नेपालका साथीहरु प्रति आभारी छु ।’आ फू देश र जनताको हितमा निरन्तर सक्रिय रहने प्रतिवद्धता पनि उनले जनाएका छन् ।

‘२०७९ सालको चुनावले सकारात्मक परिवर्तनको पक्षमा दिएको सशक्त सन्देशलाई सबैले मनन गर्नु जरुरी छ,’ उनले लेखेका छन्, ‘प्रजातान्त्रिक अभ्यासमा हारजित स्वाभाविक हो । व्यक्ति हारे पनि देश, जनता र लोकतन्त्र बलियो हुँदै जानुपर्छ ।’

उनले सनातन धर्म, संस्कृति रक्षाको आवाज कमजोर हुँदै जान लागेकोमा भने केही खिन्नता लागेको उल्लेख गरेका छन् ।
उक्त क्षेत्रमा अझै करिब १० हजार मत गणना बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्