Logo
Logo

सर्पले डस्दा बालिकाको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

तुलसीपुर, १९ भदौ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । सर्पले डस्दा बुधबार राति घोराही उपमहानगरपालिका–१ सिमताराकी सात वर्षीया गोमा ओलीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिए । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस दुर्घटनामा छ जना घाइते

रुपन्देहीबाट दाङ आउँदै गरेको लु१ख ८४५९ नंको बस गए राति राप्ती गाउँपालिका–१ पाखापनीमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार सल्यानको बागचौर नगरपालिका–१२ का १९ वर्षीया गीता केसी र लमही नगरपालिका–१ का ४५ वर्षीया गीता कुमाल गम्भीर घाइते छन् । बस सडकका खाल्डाखुल्डीका कारण दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्