Logo
Logo

एक सय ठाउँको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति जिते ?


60.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म १६५ निर्वाचन क्षेत्रमध्ये करिब एक सय प्रतिनिधिसभातर्फका क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ ।

जसमध्ये धेरै स्थानमा कांग्रेसले जित हासिल गरेको छ । कांग्रेसले अहिलेसम्म जम्मा ३६ स्थानमा जित हात पारेको छ । कांग्रेसले जारी मतगणना भइरहेका ६२ क्षेत्रमा कांग्रेसले १८ स्थानमा अग्रता कायम राखेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा, रामचन्द्र पौडेल, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, प्रदिप पौडेल, प्रकाशमान सिंह लगायतका प्रभाशावली नेताले जित हासिल गरेका छन् । त्यस्तै कांग्रेसले ३२ स्थानमा अग्रता लिइरहेका छन् ।

कांग्रेस पछिपछि एमाले रहेको छ । एमालेले अहिलेसम्म एमाले २२ निर्वाचन क्षेत्रमा विजयी छ भने २५ स्थानमा अग्रता लिइरहेको छ ।

अध्यक्ष केपी शर्मा ओली, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतले जित हासिक गरेका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले भने जित निकाल्न सकेनन् । यो समाचार तयार पर्दासम्म एमालेले २७ स्थानमा अग्रता लिइरहेको छ ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहालसहित ९ क्षेत्रमा निर्वाचत जितेको छ । ७ स्थानमा अहिले पनि माओवादी केन्द्र अघि रहेको छ । माओवादी केन्द्रका पनि प्रभावशाली नेताहरु पराजित हुन पुगेका छन् ।

अर्को सहयात्री दल नेकपा एकीकृत समाजवादीले भने ९ स्थानमा जित हासिल गरेको छ । बाँकी एक स्थानमा अग्रता कायम राखेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जित हासिल गरेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंकै चारवटा निर्वाचन क्षेत्रसहित ७ वटामा जित हासिल गरेको छ । चितवनमा रवि लामिछाने, ललितपुरमा तोसिमा कार्कीसहित काठमाडौंका चारवटा निर्वाचन क्षेत्रमा सो पार्टीले जित हासिल गरेको छ । अहिले एक स्थानमा अग्रता लिइरहेको छ ।

राप्रपाले ४ सिट जितिसकेको छ भने २ सिटमा अग्रता कायम गरेको छ । जसपाले २ सिट जितेर ४ स्थानको मतगणनामा अघि छ । २ सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टीले २ क्षेत्रमा अग्रता बनाएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जित हासिल गरेका छन् ।

२ सिट जितेको नागरिक उन्मुक्ति पार्टीले एउटा निर्वाचन क्षेत्रमा अग्रस्थान लिएको छ ।

प्रतिक्रिया दिनुहोस्