Logo
Logo

यी हुन् प्रतिनिधिसभा सदस्य निर्वाचित एकीकृत समाजवादीका ९ नेता (सूचीसहित)


36.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रतिनिधिसभातर्फ हालसम्म नेकपा एकीकृत समाजवादीले ९ निर्वाचन क्षेत्रमा जित हात परेको छ ।

अध्यक्ष माधवकुमार नेपालसहितका ९ नेता निर्वाचित भएका छन् । बाँकी १ स्थान दाङ–१ मा मेटमणि चौधरीले अग्रता लिएका छन् । चौधरीको जित लगभग सुनिश्चित भएको छ ।

यस आधारमा यस पटकको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एकीकृत समाजवादीले १० क्षेत्र जित्ने छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचित एकीकृत समाजवादीका ९ नेता–
१. बारा–४ – कष्णकुमार श्रेष्ठ
२. रौतहट–१ – माधवकुमार नेपाल
३. धादिङ–१ – राजेन्द्रप्रसाद पाण्डे
४. डोल्पा–१ – धनबहादुर बुढा
५. दैलेख–१ – अम्मरबहादुर थापा
६. सल्यान–१ – प्रकाश ज्वाला
७. अछाम–१ – शेरबहादुर कुँवर
८. डाटी– १ – प्रेमबहादुर आले
९. बझाङ–१ – भानुभक्त जोशी

प्रतिक्रिया दिनुहोस्