Logo
Logo

शान्ता चौधरीलाई पराजित गर्दै मेटमणि चौधरी निर्वाचित


17.3k
Shares

Metmani-Chaudhari

काठमाडौं । शहरी विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरी दाङ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार शान्ता चौधरीलाई पराजित गर्दै मेटमणि निर्वाचित भएका हुन् ।

पराजित भएका शान्ताले १८ हजार ५३२ मत पाए भने मेटमणिले २३ हजार ७५२ मत प्राप्त गरेका छन् ।

मेटमणिले अघिल्लो निर्वाचन पनि यसै क्षेत्रबाट जितेका थिए । यसपटक आफ्नै पूर्वसहकर्मीलाई पराजित गर्दै मेटमणि पुनः निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्