Logo
Logo

सर्लाही-३ मा एमालेका हरिप्रसाद उप्रेती विजयी


4.4k
Shares

काठमाडौं । सर्लाही-२ मा नेकपा एमालेका उम्मेदवार हरिप्रसाद उप्रेती प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साह कलवारलाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् ।

उप्रेतीले ३२ हजार ९३८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी कलवारले ३२ हजार १६८ मत पाए । त्यस्तै जनमत पार्टीका त्रिभुवन सिंहले ५ हजार ५१९ र राष्ट्रिय स्वतन्त्र पार्टीका पञ्चकुमार सिन्तानले ३ हजार ५६६ मत मात्रै ल्याए ।

प्रतिक्रिया दिनुहोस्