Logo
Logo

बारा-१ मा एमालेका मैनाली र ३ मा साह निर्वाचित


1.4k
Shares

कलैया । बारा क्षेत्र नं ३ मा नेकपा (एमाले) का उम्मेदवार ज्वालाकुमारी साहले निर्वाचित भएकी छन् ।

मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम अनुसार साहले २० हजार दुई सय ५१ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् । उनको प्रतिस्पर्धी जनता समाजवादी पार्टीका रामबाबुकुमार यादवले १७ हजार दुई सय ७९ मत प्राप्त गरेका छन् ।

त्यसैगरी बारा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का अच्युत मैनालीले ३९ हजार एक सय ९५ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमाकान्त चौधरीले ३० हजार ५६ मत ल्याएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार तीन सय १८ मत ल्याएका हुन् । विसं २०७४ मा चौधरीले मैनालीलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्