Logo
Logo

हुम्ला (१) मा माओवादीका रणसिंह परियार निर्वाचित


1.3k
Shares

काठमाडौं । हुम्ला प्रदेशसभा (१)बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा ( माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् ।

उनले निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पराजित गरेका हुन् ।
परयारले ६ हजार चार सय ८१ मत पाए भने शाहीले चार हजार ६ सय ३० मत प्राप्त गरे ।

यस्तै नेकपा एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरेर तस्रो स्थानमा रहे भने नेकपा एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत पाए ।

प्रतिक्रिया दिनुहोस्