Logo
Logo

सिरहा- ४ बाट जसपाका महतो विजयी


5.2k
Shares

सिरहा । सिरहा ४ बाट जसपाका डा. वीरेन्द्रप्रसाद महतो प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

महतो २४ हजार १०२ मतसहित विजयी हुँदा निकटतम प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार २९४ मत पाए ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका धर्मनाथ साह मात्र १४ हजार ६५३ मत पाएर तेस्रो स्थानमा सिमित भए ।

यसअघि २०७४ मा यो क्षेत्रबाट जसपाका राजकिशोर यादव विजयी भएका थिए । उनलाई पार्टीले यो पटक सिरहा २ बाट उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्