Logo
Logo

राजनीतिमा होमिएको दुई दशकपछि पूर्वडीआइजी ध्रुवबहादुर बने सांसद


4.9k
Shares

काठमाडौं । नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ध्रुवबहादुर प्रधान निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेललाई १५ हजार ३६५ मतान्तरले हराउँदै प्रधान निर्वाचित भएका हुन् ।
प्रधानले ३४ हजार ९५९ मत पाउँदा कांग्रेसका कँडेलले १९ हजार ५९४ मत मात्र ल्याए ।

प्रधान नेपाल प्रहरीका पूर्वडीआइजी हुन् । दुई दशकअघि राजनीतिमा होमिएर यसअघि पनि पटकपटक निर्वाचनको सामना गरिसकेका उनले यसपटक भने संसदको यात्रा तय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्