काठमाडौं । प्रतिनिधिसभातर्फ सर्लाहीको क्षेत्र नम्बर ३ मा नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई सात सय ७० मतान्तरले पराजित गरेका हुन् ।
उप्रेतीले ३२ हजार नौ सय ३८ मत प्राप्त गरी विजयी हुँदा माओवादीका साहले ३२ हजार एक सय ६८ मत पाएका छन् । यता जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले पाँच हजार पाँच सय १९ मत पाएका छन् । उप्रेती विसं २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।