Logo
Logo

सिरहा-२ को प्रदेशसभा १ मा जनमतका यादव विजयी


315
Shares

काठमाडौं । सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा (१)बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन् । मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।

सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे । जसपाका कोषाध्यक्षसमेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार थिए ।

प्रतिक्रिया दिनुहोस्