Logo
Logo

काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी


5.8k
Shares

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका छन् । ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरे ।

यस्तै सोही प्रतिनिधिसभा क्षेत्रको प्रदेशसभा २ मा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका तीर्थ लामा तीन मतले विजयी भएका छन् । उनले १९ हजार दुई सय ८० मतसहित जित हासिल गरे भने उनका प्रतिद्वन्द्वी एमालेका चन्द्र लामाले १९ हजार २७७ मत प्राप्त गरे ।

यसैगरी प्रतिनिधिसभा २ नं प्रदेशसभा १ गठबन्धनका उम्मेदवार (एकीकृत समाजवादी)का लक्ष्मण लम्सालले १९ हजार ४०८ मत प्राप्त गरर विजय शहासिल गरे । उनका मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेलले १९ हजार २२० मत प्राप्त गरे ।

सोही निर्वाचन क्षेत्र अन्तर्गत प्रदेशसभा २ मा कांग्रेसका कञ्चनचन्द्र वादे श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २६ हजार ३५ मत प्राप्त गरे भने एमालेका कुमार थापाले २१ हजार ९५७ मत प्राप्त गरे ।

प्रतिनिधिसभा-१ प्रदेशसभा १ बाट निर्वाचित ढकाल र प्रतिनिधिसभा-२ प्रदेशसभा १ बाट निर्वाचित लम्साल यसअघि पनि बागमती प्रदेशसभाको सदस्य थिए । ढकाल प्रदेशको युवा तथा खेलकूद मन्त्रीसमेत हुन् । जिल्लामा एक लाख ८६ हजार नौ सय ३५ ले मतदान गरेका थिए

प्रतिक्रिया दिनुहोस्