Logo
Logo

एमालेलाई पछि पार्दै काभ्रे १ मा माओवादीले लियो अग्रता


29.9k
Shares


काठमाडौं । काभ्रे क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार सुर्यमान दोङ लालध्वजले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाअनुसार दोङले २१ हजार ५ सय ६० मत पाएका छन् भने एमाले उम्मेदवार रेशम लामाको २१ हजार ५०५ मत रहेको छ ।


यसअघि एमाले उम्मेदवारको २ हजार मतको अग्रता रहेकामा दोङले उनलाई पछि पारेका हुन् । गणना गर्न बाँकी क्षेत्रमा माओवादीको राम्रो प्रभाव क्षेत्र भएकाले अब दोङले जित्ने सम्भावना बढेको छ ।
यो क्षेत्रका दुवै प्रदेश क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्