Logo
Logo

अन्तत: कलाकारहरु चुनावी मैदानमै हराए


2.1k
Shares

कठमाडौं । नेता बन्ने मोहसहित आम निर्वाचनकाे मैदानमा उत्रिएका कलाकारहरु मैदानमै हराएका छन् । अभिनेत्री रेखा थापादेखि गायिका कोमल वलीसम्म पराजय भए ।

राप्रपाबाट मोरङ–३ मा प्रनिनिधिसभा सदस्यमा उम्मेदवार रहेकी अभिनेत्री रेखा थापा तेस्रो भइन् । रेखाले १० हजार ९९८ मत पाउँदा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा ४८ हजार ६३१ मतसहित विजयी भए । एमालेका भानुभक्त ढकाल २५ हजार ८९५ मतसहित दोस्रो । चुनावी मैदानमा उत्रिएका अधिकांश कलाकारको सर्वनाक हार भयो छ अर्थात उनीहरु चुनावी मैदानमै विलाए ।

दाङ–३ बाट उम्मेदवारी दिएकी गायिका तथा एमाले नेता कोमल वली पराजित भइन् । पहिलोपटक प्रत्यक्ष निर्वाचन लडेकी कोमल दाङ–३ मा नेपाली कांग्रेसका दीपक गिरिसँग भारी मतले पराजित भएकी हुन् । दीपकले ३६ हजार ८४२ मत ल्याउँदा २९ हजार ३२ मत पाइन् ।

रेखा र कोमलबाहेक यसपटक प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा थुप्रै कलाकारले उम्मेदवारी दिएका थिए । तर, उनीहरु पराजय भए ।

फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले प्रतिनिधिसभा सदस्यका लागि काभ्रे–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले जम्मा १७३ मत पाए । यस्तै, प्रतिनिधिसभा सदस्यमै गायक सञ्जय श्रेष्ठले पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए । काठमाडौँ क्षेत्र नं ६ बाट उम्मेदवारी दिएका उनले जम्मा ५७७ मत पाए ।

यस्तै, निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठले नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा धादिङको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए ।

यस्तै, फिल्म निर्माता तथा अभिनेता रोज राणा भने विजयी भए । नेपाली कांग्रेसका तर्फबाट प्यूठानको क्षेत्र नं १ को २ बाट प्रदेशसभातर्फ उम्मेदवारी दिएक उनलाई सत्ता गठबन्धनको समर्थन थियो ।

यस्तै, फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले काठमाडौँ क्षेत्र नम्बर १ को प्रदेश २ तर्फ उम्मेदवारी दिएपनि जित्न सकेनन् । श्रेष्ठले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)बाट उम्मेदवारी दिएका थिए । उनले जम्मा ६७ मत पाए ।

यस्तै, स्ट्यान्डअप कमेडियन हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए । पन्त पनि पराजित भए । उनले १२ हजार ४७५ मत पाए । तर, उनलाई नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले ३५ हजार ९३४ मतसहित पराजित गरे ।

यस्तै, लोकदोहोरी गायक मिलन लामा (विष्णुु)ले पनि चितवन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनले जम्मा १४२० मत पाए । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाले पराजित गरे । ढकालले ३४ हजार १८९ मतसहित लामालाई हराएका हुन् ।

यस्तै, अभिनेता तथा निर्माता राज तिमिल्सेना हाम्रो नेपाली पार्टीको तर्फबाट काठमाडौं–२ प्रदेश (क) बाट उम्मेदवार दिएका थिए । उनले जम्मा ९२३ मत पाए ।

यस्तै, गायक दर्पण कुसुम्या (प्रदेशी चौधरी) बर्दिया–२, प्रदेश (क) बाट प्रदेशसभामा उम्मेदवारी दिएका थिए । उनी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका थिए । उनले १२ हजार १८४ मत पाउन सफल भएपनि जित्न सकेनन् । यहाँ नेपाली कांग्रेसका जन्मजय तिम्सिना १७ हजार २५१ मतसहित विजयी भए ।

यस्तै, अभिनेता सम्राट सापकोटा पनि काठमाडौं क्षेत्र नं १ (क)बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका थिए । स्वतन्त्र राजनीतिक शक्ति पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका उनले २ हजार ११३ मत पाए ।

प्रतिक्रिया दिनुहोस्