Logo
Logo

भानुभक्त ढकाललाई भारी मतले पछि पार्दै कांग्रेसका शुनिल शर्मा विजयी


2.7k
Shares

मोरङ । मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डा शुनिल शर्मा विजयी भएका छन् ।

शर्मालो नेकपा एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत प्राप्त गर्दै विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए । राप्रपाबाट उम्मेदवार बनेकी थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन् ।

२०७४ सालको निर्वाचनमा भानुभक्त ढकालसँग शर्मा पराजित भएका थिए । यो पटक शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्