Logo
Logo

कांग्रेसले अग्रता लिएको ७ क्षेत्र, जितको सम्भावना कति ?


23.9k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म सबैभन्दा धेरै नेपाली कांग्रेसले ५० क्षेत्रमा जित हासिल गरेको छ भने सात क्षेत्रमा अग्रता कायम राखेको छ ।

नेपाली कांग्रेसले रामेछाप–१, इलाम–२, सुनसरी–४, उदयपुर–१, धनुषा–४, मोरङ–१ र महोत्तरी–४ मा अग्रता कायम राखेको छ ।
रामेछाप–१ मा पूर्णबहादुर खड्का ३१ हजार ५५५ मतसहित अगाडि छन् । यहाँ उनका निकटतम प्रतिस्पर्धी एमालेका कैलाशप्रसाद ढुंगलले २३ हजार २१५ मत पाएका छन् ।

यस्तै, इलाम–१ मा डम्बरबहादुर खड्का २८ हजार ४८६ मतसहित अग्रस्थानमा छन् । यहाँ एमालेका सुवास नेम्बाङले २८ हजार ४७० मत पाएका छन्

यस्तै, सुनसरी–४ कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की २१ हजार ६७८ मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियैतले २१ हजार ६०३ मत पाएका छन् । उदयपुर–१ मा कांग्रेसका नारायण खड्काले १६ हजार ३०१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मञ्जुकुमारी चौधरीले १४ हजार ५३१ मत पाएका छन् ।

यसैगरी, धनुषा–४ मा कांग्रेसका महेन्द्र यादव १८ हजार ६८ मतसहित अगाडि छन् । यहाँ एमालेका रघुवीर महासेठले १६ हजार १८६ मत पाएका छन् । यस्तै, मोरङ–१ मा कांग्रेसका डिगबहादुर लिम्बूले २४ हजार २२८ मतसहित अगाडि छन् भने उनका प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडाले २४ हजार १२६ मत पाएका छन् ।

यस्तै, महोत्तरी–४ मा नेपाली कांग्रेसका महेन्द्र राय यादव २५ हजार ४२० मतले अगाडि छन् भने जसपाका सुरेन्द्रकुमार यादवले २१ हजार २९६ मत पाएका छन् । अग्रस्थानमा रहेका अधिकांश कांग्रेस उम्मेदवारहरुको जित निश्चित जस्तै छ भने इलाम–१ मा मात्र झिनो मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्