Logo
Logo

हुम्लामा एमाले ‘क्लिन स्वीप’


12.7k
Shares

पराजित भएका एमालेका प्रदेश तथा प्रतिनिधिसभा सदस्याका उम्मेदवारहरु

हुम्ला । एक मात्रै निर्वाचन क्षेत्र रहेको हुम्लामा वाम–लोकतान्त्रिक गठबन्धनको प्यानल विजय भएको छ ।

प्रतिनिधिसभा सदस्यमा गठबन्धन नेकपा माओवादी केन्द्रका छिरिङ डम्दुल लामा (कार्चेन) विजयी भएको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका दल रावल थिए ।

लामाले १४ हजार तीन सय ७१ मत ल्याएर निर्वाचित भए भने उनका निकटतम प्रतिस्पर्धी रावलले नौ हजार पाँच सय १६ मत ल्याएर पराजित भए । राप्रपाका तेजबहादुर रावतले तीन सय ७८ मत प्राप्त गरेका थिए । यसपटक हुम्लामा पाँच सय २४ मत बदर भएको थियो ।

प्रदेशमा पनि गठबन्धनका विजयी
हुम्ला प्रदेश (१) बाट गठबन्धनका उम्मेदवार माओवादीका रणसिंह परियार विजयी भएका छन् । परियारले छ हजार चार सय ८१ मत प्राप्त गर्दा मङ्गलबहादुर शाहीले चार हजार छ सय ३० मत प्राप्त गरे ।

यस्तै एमालेका उम्मेदवार दल फडेराले दुई हजार ९९ मत प्राप्त गरे भने एकीकृत समाजवादीका हस्तबहादुर शाहीले सात सय ८४ मत प्राप्त गरे ।

यस्तै हुम्ला प्रदेश (२) बाट वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी भएका छन् । उनले एमालेका उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गरे ।

शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका छक्कबहादुर लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नैनसिंह रावतले ९८ मत प्राप्त गर्दा जनता समाजवादी (जसपा)का बलिराज शाहीले ४१ र तिर चुनाव चिह्नका सुमन रावतले २१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्