Logo
Logo

मधेसका खरो नेता राजेन्द्र महतो पराजित


11.4k
Shares

काठमाडौं । सर्लाही–२ बाट प्रतिनिधिसभा सदस्याका लागि मधेस राजनीतिका दुई हस्ती प्रतिस्पर्धामा थिए । तर, एक हस्तीको संसदीय यात्रा रोकिएको छ ।

यस क्षेत्रमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका महिन्द्र राय यादव प्रतिस्पर्धामा थिए । यादव नेकपा माओवादीको चुनाव चिन्हबाट प्रतिस्पर्धामा थिए ।

अन्तिम मतपरिणाम आउन बाँकी नै छ । तर, बाँक सबै मत महतोलाई गए पनि जित सम्भव छैन । हाल ८ सय ८९ मत गणना गर्न बाँकी छ ।

हालसम्म यादवले २२ हजार ६ सय ४१ मत पाएका छन् भने महतोले २० हजार १ सय ६२ मत पाएका छन् । यादवले पाएको मत महतोले पाएको भन्दा २ हजार ४ सय ७९ धेरै हो ।

मधस राजनीतिमा निक्कै खरो मानिएका महतो यसपटक भने पराजित भएका छन् । संसदमा मधेसी जनताको अधिकारका लागि खरो रुपमा उत्रदै आएका महतो अबको पाँच वर्ष संसदमा हुने छैनन् ।

प्रतिक्रिया दिनुहोस्