Logo
Logo

भोलि मधेश प्रदेशमा सार्वजनिक विदा


3.4k
Shares

काठमाडौं । मधेस प्रदेश सरकारले मंसिर १२ गते (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले सीताराम विवाह पञ्चमीको अवसरमा जनकपुरधाममा पाल्ने श्रद्धालु भक्तजनहरुलाई शुभकामना व्यक्त गर्दै भोलि सार्वजनिक बिदा दिएको जानकारी दिएका हुन् ।

त्रेता युगमा माता सीता र भगवान श्रीरामको विवाह भएको स्मरणमा प्रत्येक वर्ष जस्तै यो वर्ष पनि जनकपुरधाममा साताव्यापी विवाह पञ्चमी महोत्सव आयोजना गरिएको छ ।

विवाह पञ्चमी महोत्सव अन्तर्गत आज माता सिताको मटकोर विधिको तयारी गरिदैँछ । आज ऐतिहासिक गंगासागर पोखरीमा सिताको मटकोर गरिनेछ ।

भोलि जानकी मन्दिर परिसरमा सीता–राम स्वयंम्वर अर्थात् विवाह समारोह गरिनेछ । उक्त विवाहमा नेपाल–भारतका लाखौं श्रद्धालु सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्