Logo
Logo

संसदीय दलको नेतामा देउवा बाहेक अरुलाई समर्थन गर्न सकिदैन : विमलेन्द्र


41k
Shares

काठमाडौं । कांग्रेसका नेता विमलेन्द्र निधिले संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवालाई समर्थन गर्ने बताएका छन् ।

नेता निधिले प्रधानमन्त्री समेत रहेका देउवा संसदीय दलको नेतामा भीड्न इच्छुक रहेको भन्दै आफ्नो समर्थन रहने बताए । शनिबार बालुवाटारमा देउवालाई भेटेर आफ्नो समर्थन रहने बताएको निधिले जानकारी दिए ।

निधिले सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेका थिए । निधिले देउवा बाहेक अरूलाई सहयोग गर्न नसक्ने बताए ।

‘शेरबरहादुरजीलाई संसदीय दलको नेता बनाउने मेरो पनि ड्युटी हो । उहाँ बाहेक अरूलाई समर्थन गर्न सक्दिन,’ उनले भने, ‘मैले शेरबहादुरजीलाई नै समर्थन गर्ने हो । उहाँ इच्छा देखे मैले । मैले सहयोग गर्छु भनेँ ।’

प्रतिक्रिया दिनुहोस्