Logo
Logo

माधव नेपाल र रामचन्द्र पौडेलबीच भेटवार्ता


7.4k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

उनलाई भेट्न पौडेल आज बिहान कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन् । भेटमा गठबन्धनलाई कायमै राख्ने विषयमा छलफल भएको र पौडेलले आफूलाई प्रधानमन्त्री बन्न सहयोग गर्न आग्रह गरेको स्रोतले जानकारी दियो ।

जवाफमा माधव नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने बताएका छन् । मंसिर ४ गते सम्पन्न आम निर्वाचनको मतपरिणाम आउँदै गर्दा प्रधानमन्त्रीको दौडमा रहेका नेताहरु तयारीमा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्